IME Life New

लघुवित्त स्वतस्फूर्त मर्जरमा नगए कडा नीति ल्याउँने गभर्नरको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैकका गभर्नर डा.चिरञ्जीवी नेपालले लघुवित्त संस्थाहरु स्वस्फूर्तमा मर्जरमा नगए कडा निर्देशन जारी गर्ने बताएका छन् । विहीबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर नेपालले एक महिना भित्रमा आपसी समझदारी प्रस्ताव सुझाव लिएर आउँन लघुवित्तहरुलाई सुझाव दिएका हुन् । अन्यथा केन्द्रिय बैकले निर्णय लियो भने पछि नहट्ने समेत उनले बताए ।

लघुवित्त संस्थाको मर्जर र आवश्यकता बिषयक छलफल कार्यक्रममा गभर्नर नेपालले लघुवित्त संस्थाहरु आफ्नै इच्छामा मर्जरमा नगए केन्द्रिय बैंकले फोर्स मर्जरको निति ल्याउँने बताएका छन् । ‘कुनै पनि हालतमा तपाईहरु मर्ज हुनैपर्छ । संस्थामा दोहोरोपनाको विकराल अवस्था छ । त्यसैले एक महिना भित्रमा तपाईहरु मिल्नुहोस,’ उनले भने । मर्जरमा जाने वित्तीय संस्थलालाई केन्द्रिय बैकले सहुलियत समेत दिने उनले बताए ।

Esewa
Crest

‘निश्चित समयसम्म केन्द्रिय बैकले तपाईहरुको कुरा सुन्छ । कुनै बेला केन्द्रिय बैंकले तपाईहरुको कुरा सुन्दैन,’ उनले भने ‘भोलि फेरी रोना रोधा नगर्नुहोला । राजनीतिक सोर्स फोर्स नलगाउँनु होला,’। केन्द्रिय बैंकले लघुवित्त संस्थाहरुको गतिविधिलाई अध्ययन गरिरहेको बताउँदै बैकले निर्णय लियो भने पछि नहट्ने उनले बताए ।

कार्यक्रममा लघुवित्त संस्थाका प्रतिनिधिहरुले लघुवित्तका लागि स्रोतको कमी भएको गुनासो गरे । बाणिज्य बैंकले दिने विपन्न बर्गको कर्जा बाहेक संस्थाहरुसँग अन्य स्रोत नभएको उनीहरुले बताए । तसर्थ आगामी मौद्रिक नीतिमा यसलाई सम्बोधन गर्न समेत उनीहरुले आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थशास्त्री डा.भरत थापाले लघुवित्त वित्तीय संस्थाको मर्जर सहज नभएको बताए । ‘लघुवित्तको मर्जर बाणिज्य र विकास बैंकको जस्तो हैन । यो यसमा वित्तको मात्रै मर्जर हुने हैन । समाज, संस्कृति र परम्पराको पनि मर्जर हो,’ उनले भने । त्यसैले यसको मर्जर पूर्व विशेषज्ञ टोली गठन गर्नुपर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS