IME Life New

राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय बीमा संस्थानद्वारा राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नागरिक लगानी कोषबाट जारी गर्दै आएको नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना आगामी दिनमा राष्ट्रिय बीमा संस्थानबाट जारी तथा कार्यान्वयन गर्न सो कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा निजामती कितावखानाको प्रतिनिधी, नेपाली सेनाको प्रतिनिधी, नेपाल प्रहरी प्रतिनिधी नागरिक लगानी कोषको कर्मचारी र अर्थमन्त्रालयको प्रतिनिधीको सहभागिता रहेको थियो ।कार्यक्रममा अण्डरराइटिङ्ग, दावी, बीमा शुल्क जम्मा गर्ने साथै अन्य बीमा सञ्चालन सम्बन्धी विविध विषयमा रहेर छलफल तथा अन्तरक्रिया भएको कम्पनीले जनाएको छ ।
उक्त कार्यक्रममा बीमा संस्थानको तर्फबाट अण्डरराइटिङ्ग विभागको सह(ब्यवस्थापक विन्दु शर्माले बीमा अण्डरराइटिङ्ग सम्वन्धी स्पष्ट पारेकी थिइन् । त्यस्तै दावी सम्वन्धी दावी विभागका सह–व्यवस्थापक शिशिर देवकोटाले स्पष्ट पारेका थिए ।

Esewa
Crest

कार्यक्रममा नागरिक लगानी कोषको तर्फबाट व्यवस्थापक गोपाल घिमिरेले बीमा शुल्क जम्मा गर्दा आईपर्ने समस्या सम्वन्धी कुरा कुरा राखेका थिए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाबाट आएको जिज्ञासालाई आयोजकको तर्फबाट संस्थानका प्रशासक कवि प्रसाद पाठकले सम्वोदन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थानको बजार व्यवस्थापन विभागका व्यवस्थापक अवि केशर ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS