IME Life New

कुमारी बैंकको विषेश साधारण सभा जेठ ३१ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कुमारी बैंकले जेठ ३१ गते शुक्रबार विशेष साधारण सभा गर्ने भएको छ । जेठ ११ गते बसेको बैंक संचालक समितिको बैठकबाट यसअघि स्थगित संचालक निर्वाचन सम्पन्न गर्नका लागि जेठ ३१ गते विषेश साधारण सभा गर्ने भएको हो ।

सभा गर्न बैंकले जेठ २० गते सोमबार बुक क्लोज गर्दैछ । जेठ २३ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने भएका छन् । सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे हुनेछ ।

Esewa
Crest

बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

बैंकले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो । उक्त सभाबाट लगानीकर्तालाई आव २०७३।७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र आव २०७४।७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशतका दरले बोनस दिने प्रस्ताव अनुमोदन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS