IME Life New

युनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले बीमितको मृत्यु पछी कम्पनीको सम्झौता अनुरुपको मृत्यु दाबी भुक्तानी गरेको छ ।

Esewa
Crest

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौलीमा गत पुस महिनामा ५ लाखको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत बीमा गराएका ब्यास १० का रमेश शर्माको परिवारलाई कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले ५/५ लाख बीमाङ्क दावी रकम र दुर्घटना मृत्यु दावी रकम गरी कुल १० लाख रुपैयाँ बीमित शार्माको आमा हरिमायाँ शर्मा उपाध्यायलाई प्रदान गरेको युनियन लाईफ इन्स्योरेन्स दमौली शाखाका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वोल्दै शाखा प्रमुख श्रेष्ठले अहिले हरेक क्षेत्र जोखिमयुक्त रहको कारण बीमा आवश्यक भएको बताए । साथै बीमा भनेको नै जोखिम वहनको माध्यम तथा वचत पनि भएकोले सम्पुर्णलाई बीमा गर्नका लागी अनुरोध गर्नु भयो । बीमित शर्मा सवार स्कुटरलाई पर्यटक माईक्रोले गत वैशाख १० गते दमौलीको वागवजारमा ठक्कर दिँदा उनको उपचारको क्रममा ज्यान गएको थियो । कंम्पनीका ऐजेन्सी म्यानेजरहरु समुन्द्र पौडेल , शिखरलाल डोटेल, मनोज राउत , शान्तराम न्यौपाने,सन्तोष श्रेष्ठ सहितको टोलीले शर्माको खहरे स्थित घरमा नै पुगेर मृत्यु दावि रकम भुक्तानी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS