IME Life New

सिभिल सहकारीलाई सहयोग गर्न समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बचत तथा ऋण सहकारी संस्था उद्धार गर्न सात सदस्य समिति गठन भएको छ । मङलबार जिल्ला सहकारी संघ काठमाडौमा सिभिल सहकारीको अवस्थाको बारेमा राष्ट्रिय सहकारी संघका अध्यक्ष के.बी उप्रेतीले सात सदस्य समिति गठन गरि सहयोग गनुपर्ने सुझाव दिए ।

समितिमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेक प्रसाद चैलागाई , काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघका दिपक पनोरु, शुकप्रद बहुउद्देश्यका अध्यक्ष निरहरी उपाध्याय, ज्येष्ठ आईटुलेजी सहकारीकका अध्यक्ष हेम बहादुर कार्की, लालिगुँरास बहुउद्देश्य सहकारीका अध्यक्ष धन बहादुर तामाङ, सिभिल बचत तथा ऋण सहकारीका अध्यक्ष केशव लाल श्रेष्ठको उपस्थिती रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा सहकारीको अवस्थाको बिषयमा अध्ययन गरी आवश्यक सहयोग प्रदान गर्न अध्यक्ष उप्रेतीले बताए छलफलमा काठमाडौ महानगरपालिकाका सहकारी विभागका प्रमुख नवराज ढकालले सिभिल सहकारी बैंकिङ ढङगबाट चलेको बताए । सहकारीलाई सहकारीको पद्धती अनुसार चलाउन उनले सुझाव दिए ।

छलफलमा सिभिल बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष क्ष्इन्जिनियर इच्छाराज तामाङले तत्कालका लागि तरलताको सहयोग गर्न अन्य सहकारीसँग अपलि समेत गरे ।

हाल संस्थाको शेयर पूँजी ७५ करोड रहेको छ । लागनी ५ अर्ब र निक्षेपमा ७ अर्ब ५० करोड रहेको छ । सहकारीले आफनो लगानीको ८० प्रतिशत सिभिल होमको विभिन्न परियोजनामा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS