IME Life New

तीन लघुवित्तको १० करोड ६२ लाख बराबरको आईपीओ आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तीन लघुवित्त वित्तीय संस्था आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पखाईमा रहेका छन् । अनुमति मागको पर्खाइमा रहेका लघुवित्तहरु वित्तीय संस्थाहरु आँधिखोला, घोडीघोडा र सबैको लघुवित्त हुन् । यी लघुवित्त वित्तीय संस्थाहरुले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डको अनुमतिका लागि पर्खाइमा रहेका हुन् ।

आईपीओ निष्काशनका लागि घोडीघोडा लघुवित्तले २०७५ चैत १७, आँधिखोला लघुवित्तले २०७६ बैशाख ३ गते र सबैको लघुवित्तले २०७५ चैत २४ अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका थिए ।

Esewa
Crest

घोडीघोडा लघुवित्तले १ करोड ३३ लाख बराबरको (१ लाख २३ हजार ६ सय कित्ता सेयर), आँधिखोला लघुवित्तले ४ करोड बराबरको (४ लाख कित्ता सेयर), र सबैको लघुवित्त वित्तीय संस्थाले ५ करोड ३० लाख बराबरको (५ लाख ३० हजार कित्ता सेयर) निष्काशनका लागि आवेदन दिएका हुन् ।

आईपीओ निष्काशन तथा विक्री प्रबन्धकका लागि आँधिखोला र सबैको माइक्रोफाइनान्सका लागि एलआईबिएल एस क्यापिटल रहेको छ भने घोडीघोडा लघुवित्तको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS