IME Life New

कामना सेवा विकास बैंक शाखा विस्तारमा आक्रमक बन्दै, कुल ८६ पुग्यो शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंकले प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुन्सरी जिल्लाको इटहरी चोक, इटहरीमा गरी दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा आफ्नो ८५औंर ८६औशाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो।

बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उक्त नयाँ शाखाको कारोबार शुभारम्भ गरेको हो ।

Esewa
Crest

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरिप्रदेश नं. १ मा ७ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताए । साथै, बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिए ।

हालसम्म बैंकले मुलुकभर ८६ वटा शाखा कार्यालय, ३९ वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS