IME Life New

चौतारी लघुवित्तद्धारा ५७ वटा शाखाका प्रमुखहरुको सहभागितामा व्यबस्थापन सम्मेलन सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चौतारी लघुवित्त वित्तीय संस्थाले ५७ वटा शाखाका शाखा प्रमुखहरुलाई सम्मलित गराइ चालु आ.व.को प्रगति समिक्षा तथा आगामी आ.व. २०७६/७७ को योजना तर्जुमा गर्ने उद्धेश्यले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । उक्त कार्यक्रम वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा संचालन भएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले व्यवस्थापन सम्मेलनको उद्धेश्य र संस्थाको समग्र गतिविधीको बारेमा चर्चा गरेका थिए भने संस्थाका नायब कार्यकारी प्रमुख हरिकृष्ण जोशीले संस्थाको वित्तीय अवस्था तथा समग्रह लघुवित्तको बारेमा मन्तव्य राखेका थिए ।

Esewa
Crest

कार्यक्रममा सामाजिक बिकास मन्त्री सुदर्शन बरालले चौतारी लघुवित्त वित्तीय संस्थाले महिला सशतिmकरण तथा उद्यमशिलता बिकासमा गरेको योगदनको चर्चा गर्दै आगामी दिनमा थप शसक्त रुपले गरिब जनसमुदायको घरदैलोमा पुगि नेपालमा गरिबी निवारण पनि सहयोग पुग्ने आशा ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले संस्थाले आगामी दिनमा देशको सबै क्षेत्रमा रहेका पिछडिएका बर्गलाई बित्तीय सेवा उपलब्ध गराउने गरि संस्था अघि बढीरहेको बताउदै संस्था नाफा मुखी मात्र नभएकोर यसले सेवाको भावनाले काम गरेको बताए ।

कार्यक्रममा ५७ जना शाखा प्रमुखहरुको परिक्षा पनि लिइएको थीयो । हालसम्म संस्थाले रुपेन्देही जिल्ला बुटवल केन्द्रीय कार्यालय रहि १५ वटा जिल्लामा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS