कुमारी बैंकले जेठ ३१ गते विशेष साधारण सभा गर्ने भएकोे छ । विषेश साधारण सभा गनका लागि कम्पनीले जेठ २० गते सोमबार बुक क्लोज गर्दैछ । जेठ १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ । सभाले संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।
सभा अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे सुरु हुनेछ । बैंकले यसअघि वैशाख २६ गते २ आर्थिक वर्षको वार्षिक साधारण सभा गरी कुल २१ दशमलव २५ प्रतिशत बोनस प्रस्ताव पारित गरेको थियो ।
उक्त सभाबाट लगानीकर्तालाई आव २०७३।७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत र आर्थिक वर्ष २०७४।७५ को नाफाबाट ८ दशमलव ५० प्रतिशतका दरले बोनस दिएको थियो ।