IME Life New

नेपाल लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले  मृतक बीमित साँखुली निवासी टोप बहादुर थापाको श्रीमती भगवती थापालाई  कम्पनीले २ लाख १४ हजार ६५ रुपैयाँ दाबी भुक्तानी गरेको हो । मृतक बीमितको जन्डिस लागेर बिरामी भै उपचारको क्रममा मृत्यु भएको थियो ।

कम्पनीले जेठ १६ गते एक कार्यक्रमका बीच बीमितको स्थाई घर रहेको स्थान भानु – ३, तनहुँमा निजकै घरदैलोमा गई बीमित मृतक थापाकी धर्मपत्नी भगवतीथापा लाइ सो दाबी भुक्तानी गरेको हो ।

Esewa
Crest

नेपाल लाइफका दमौली शाखा प्रमुख बिष्णु बहादुर अधिकारी, मुक्तिनाथ बिकास बैंकका इश्वर सापकोटा तथा बेद प्रसाद ढकालले संयुक्त रुपमा मृतकपत्नी भगवती थापालाई दाबी रकम बापतको चेक हस्तान्तरण गरेका हुन  ।

कार्यक्रममा नेपाल लाईफ दमौली शाखाका शाखा प्रबन्धक बिष्णु बहादुर अधिकारी, मुक्तिनाथ विकास बैंक डुम्रेका शाखा प्रमुख इश्वर सापकोटा , मुक्तिनाथ विकास बैंक साना तथा लघु बैंकिंगका डुम्रे प्रमुख बेद प्रसाद ढकाल, तथा बैंकका कर्मचारी पुष्पराज जोशी स्थानिय जनता, मृतकका आफन्त, जनप्रतिनिधी तथा सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS