IME Life New

कहिल्यै पुरा भएन बीमा समितिका यी माग ,कसरी बढ्ला बीमाको दायरा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले लामो समय देखि माग गर्दै आएको जीवन बीमाको आयकरको सिमा कहिल्यै पुरा नहुने भएको छ । समितिले आयकरको सिमा बढाएर बीमाको दायरा बढाउँन सरकार प्रत्येक बर्ष पहल गर्दै आएको छ । तर, आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमा समेत समितिको उक्त सुझावलाई सम्बोधन गरिएन । समितिले जीवन बीमा खरिद गरे बापत ५० हजार रुपैयाँसम्मको आयकरमा छुट दिन सरकारलाई सुझाव दिएको थियो । तर, यस पटक पनि समितिको सुुझावलाई सरकारले वेवास्ता गरेको छ ।

अघिल्लो आर्थिक बर्षसम्म सरकारले जीवन बीमा गरे बापत २० हजार रुपैयाँ आयकरमा छुटको व्यवस्था गरेको थियो । गत आवमा पनि समितिले ५० हजार रुपैयाँसम्मको आम्दानीमा आयकर छुट दिन सुझाएको थियो । तर, गत आवमा २० हजारलाई बढाएर २५ हजार रुपैयाँसम्ममा छुटको व्यवस्था गरियो । आगामी आवको बजेटमा पनि समितिले मन्त्रालाई आयकर छुटको सिमा बढाउँन सुझाव दिएको थियो ।

Esewa
Crest

त्यस्तै, बीमा समितिले लघुबीमा ७५ प्रतिशत अनुदानको व्यवस्था गर्न गरेको मागलाई पनि सरकारले वेवास्ता गरेको छ । कृषि मन्त्रालयले सञ्चालन गरेको कृषि बीमामा ७५ प्रतिशत अनुदानको व्यवस्था छ । तर, सोही प्रकृतिको लघुबीमामा अनुदानको व्यवस्था नहुँदा बिमितहरु लघुबीमा भन्दा कृषि बीमा तर्फ आकर्षित भएका छन् । तसर्थ न्यून आय भएका मानिसलाई पनि बीमामा समेट्नका लागि समितिले लघुबीमामा अनुदानको व्यवस्था गर्न सरकारसँग माग गरेको थियो । तर, समितिको उक्त सुझावलाई पनि सरकारले सम्बोधन गरेन ।

सरकारले न्यून आय र अति जोखिममा रहेका मानिसमा बीमाको पहुँच बढाउँन लघुबीमा योजना संञ्चालनमा ल्याएको हो । थोरै बीमाक भएको लघुबीमा न्यून बीमाशुल्क तोकिएको छ । सरकारले आगामी आवसम्म सबै कम्पनीहरुलाई आफनो व्यवसायको अनिवार्य रुपमा १० प्रतिशत लघुबीमा व्यवसाय गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS