IME Life New

इन्स्योरेन्स शिक्षा: जीवन बीमाका कानुनी सिद्दान्तहरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स शिक्षा: जीवन बीमा बीमा कम्पनी र बीमा गर्ने ब्यक्ती बिच भएको एउटा कानुनी करार हो जसमा बीमितले निश्चित रुपले एकैपटक वा किस्ताबन्दिका रुपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्‍यु भएमा निजको परिवारलाई वा बीमा अबधी पछी निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ। बीमा एेन २०४९ का अनुसार “जीवन बीमा ब्यवसाय भन्नाले कुनै ब्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्‍यु भएमा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी ब्यवसाय सम्झनु पर्दछ।”

मानिसको जिबनमा धेरै जोखिमहरू हुन्छन । सबैभन्दा ठुलो जोखिम मृत्‍यु हो । रोगब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट मानिसको अकाल मृत्‍यु हुनसक्छ । यसरी परिवारको सदस्य नरहदा उक्त परिवारलाई आर्थिक समस्या पर्न सक्दछ । बीमा चालु रहेको अवस्थामा बीमा अवधिभित्र बीमा गर्ने मानिसको मृत्‍यु भएको खण्डमा बीमा कम्पनीले उसको इच्छाइएको ब्याक्तिलाई बीमांक रकम र बोनस प्रदान गर्दछ । बीमा गर्ने ब्याक्ति बीमा अबधिसम्म जिवित रहेको खण्डमा बिमित (बीमा गर्ने व्यक्ति) स्वयमले बीमांक रकम र बीमा अवधिको बोनस रकम प्राप्त गर्दछ।

Esewa
Crest

जीवन बीमाका केही निश्चित कानुनी सिद्दान्तहरू:
क) बीमा योग्य हित
कुनै घटनासँग आफ्नो आर्थिक हित गासिएको हुनुपर्छ अर्थात क्षति नहुँदा केही कुरा प्राप्त हुने र क्षति भएमा केही कुरा गुम्न जाने अवस्थालाई हितको संलग्नता भए नभएको जाच्ने कडिको रुपमा लिईन्छ । यही आर्थिक हितको संलग्नतालाई लिएर बीमा गरिने भएकोले बीमायोग्य हितको अनिबार्यता जीवन बीमामा रहन्छ । आफ्नो जीवनमा, पती वा पत्निको जीवनमा, अभिभावक र बालकको जीवनसँग सम्बन्धित, साहु र आसामीको जीवनसँग सम्बन्धित तथा आफ्नो कामदारहरुको जीवनसँग सम्बन्धित जोखिम जीवन बीमाको बीमायोग्य हित अन्तर्गत पर्दछन ।

ख) परम सद्बिश्वासको सिद्धान्त
बीमा ब्यवसाय विश्वाशमा गरिने एक करार हो । अन्य ब्यवसायको करारनामा गर्दा बिषय बस्तुको निरिक्षण लगायतका कार्यहरु गर्नु पर्दछ भने बीमा करार ब्यक्ती तथा कम्पनिको लिखित भनाइमा आधारित हुन्छ। यस करारमा आफुले जानेबुझे सम्मको तथ्य तथा विवरणहरु कुनै कुरा नलुकाइ सम्पूर्ण रुपमा उदाङो पार्नु पर्दछ। यसको उल्लङ्घन अर्थात कुनै कुराको पूर्ण जानकारी नदिएमा वा जानिबुझी लुकाएको प्रमाणित भएमा करार बदर हुने, भुक्तानी प्राप्त हुन नसक्ने वा दन्ड जरिवाना समेत हुन सक्दछ ।

[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयाश हो, येदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धिका कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन बिनम्र अनुरोध गर्दछौ [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS