IME Life New

एकल भुक्तानी बीमा बापत साढे १ अर्ब संकलन (हेर्नुहोस कुन कम्पनीले कति आम्दानी गरे)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ: गत आर्थिक बर्ष २०७४/७५ मा जीवन बिमा कम्पनीहरुले एकल भुक्तानी जीवन बीमा बापत १ अर्ब ६२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा संचालित जीवन बीमा कम्पनीमध्ये १६ वटा जीवन बीमा कम्पनीले गत आवमा एकल भुक्तानी बिमा योजना जारी गरेका छन् ।

Esewa
Crest

समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सात वटा जीवन बिमा कम्पनीले एकल भुक्तानी जीवन बिमा बापत १ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । गत आवमा पुराना कम्पनीहरुमध्ये नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एकल बीमा बापत सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेका छ । उक्त कम्पनीले सो अवधिमा एकल बीमा भुक्तानी बापत ५१ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा उक्त कम्पनीले ४९ करोड रुपैयाँ संकलन गरेको थियो ।

त्यस्तै नयाँ कम्पनीहरुमध्ये युनियन लाईफ इन्स्योरेन्सले एकल भुक्तानी जीवन बीमा बापत सबैभन्दा धेरै १४ करोड ७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्ष युनियन लाईफ इन्स्योरेन्सले करिब ८५ करोड बीमा शुल्क आर्जन गरेकोमा एकल भुक्तानी बीमाको बीमा बाट करिब १७.३ प्रतिशत गरेको छ। पछिल्लो समय एकल भुक्तानी बीमा शुल्कले जोखिम बढ्ने भन्दै कुलबीमा शुल्क को १५ प्रतिशत नबढ्ने गरि मात्र एकल भुक्तानी बीमालेख जारी गर्न बीमा समितिले मौखिक निर्देशन समेत गरेको छ, यो व्यवस्था संगै युनियन लाईफ इन्स्योरेन्सले एकल भुक्तानी बीमामा आक्रामक बजारीकरण गरेको छैन।

त्यस्तै आइएमइ लाईफ इन्स्योरेन्सले २ करोड ८८ लाख रुपैयाँ एकल भुक्तानी बीमाशुल्क संकलन आर्जन गरेको छ। त्यसैगरी सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले १ करोड ६ लाख रुपैयाँ एकल भुक्तानी बीमाशुल्क संकलन गरेको छ ।नयाँ जिबन बीमा कम्पनीहरु मध्ये सानिमा लाईफ इन्स्योरेन्सले सबैभन्दा कम ३७ लाख ८ हजार मात्र एकल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS