IME Life New

प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री फागनु २७ देखि खुला हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLICL) ले फागुन २७ गतेदेखि हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

प्राइमको हकप्रदमा फागुन २७ गतेदेखि बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले फागुन १७ गते विहीबार बुकक्लोज गर्ने भएकाले १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद प्राप्त गर्नेछन् ।

Esewa
Crest

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ । हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअवधिमा प्राइफको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS