IME Life New

सिटिजन लाइफको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल, बीमा क्षेत्रमा १५ वर्षको अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन्।बीमा क्षेत्रमा १५ वर्ष, वित्तिय क्षेत्रमा ६ वर्षको अनुभव छ।पौडेल यसअघि मेट लाइफ (Met Life) को वित्त प्रमुख थिए।त्रिभुवन विश्वविद्यालयबाट एमबिए,एसिएस र एफएलएमआर्इ अध्ययन गरेका पौडेलले अन्तर्राष्ट्रिय क्षेत्रमा तालिम लिएका छन्।


गत कात्तिकदेखि व्यवसायिक कारोबार थालेको यो कम्पनीको ३२ वटा शाखा कार्यालय छ।कम्पनीले अहिलेसम्म १२ करोड रुपैयाँको कारोबार गरिसकेको छ। कम्पनीको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त भएका छन्।कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ।

Esewa
Crest

 

सिटिजन लाइफले संचालनमा आएको छ महिनामा ५ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले यही अवधिमा १५ हजार ५७ वटा बीमालेख बिक्री गरि ७ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीले ७५ करोड रुपैयाँको शेयर जारी गरेर चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS