IME Life New

नेपालमा बिमा अभिकर्ताको पेशा किन सम्मानित हुन सकेन, विश्व बजारमा कस्तो छ…

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालमा बीमा व्यवसायले ७० बर्षपार गर्दा पनि नेपाली बीमा बजार परिपक्क बन्न सकेको छैन । बिक्रम सम्बत २००४ सालमा ‘नेपाल माल चलानी तथा बीमा कम्पनी’को नाममा सुरु भएको नेपाल इन्स्योरेन्स कम्पनीको स्थापनासँगै बीमाको औपचारिक काम सुरु भएको हो ।

२०२४ सालमा अर्को सरकारी संस्था राष्ट्रिय बीमा संस्थानको स्थापना भएको थियो सो संगै नेपालमा जिबन बिमाको सुरुवात भएको हो, राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ जारी भय संगै नेपालमा ब्यबस्थित बिमाको परिकल्पना गरिएको थियो, तर अहिले सम्म पनि बिमा क्षेत्रले सन्तोषजनक प्रगति गर्न नसक्नुमा बिमा अभिकर्ताको पनि हात रहेको देखिन्छ।

Esewa
Crest

बिमा ऐन ४९ जारी भए संगै परिच्छेद – ५ मा बीमा अभिकर्ता, सर्भेयर र दलाल संबन्धी व्यवस्थाले बीमा अभिकर्ताको आचारसंहिता, बिमा अभिकर्ताले पाउने कमिशन रकम, बीमा अभिकर्ताको लागि योग्यताको कानुनी आधार तोकेको छ तर, नेपाली समाजमा यो कानुनी मान्यता र अभिकर्ताको आचारसंहिता अनुसार अभिकर्ता नचलेको गुनासो नेपाली समाजमा ब्याप्त रहेको छ।

बिशेष गरि जिबन बीमाको बिक्रिको माध्यम बिमा अभिकर्ता हुन्, हुनत निर्जिबन बिमा ब्यबसायमा पनि अभिकर्ता हुन्छन तर अत्यन्त न्युन अभिकर्ता कमिशनको कारण निर्जिबन बिमा क्षेत्रमा अभिकर्ता सक्रिय छैनन् तर नेपालमा जिबन बीमा ब्यबसायको कुल बीमा शुल्कको ९५ प्रतिशत बीमा अभिकर्ताको मध्यम बाट हुने गरेको छ, बीमा अभिकर्ताबाट बीमा योजनाहरुको बिक्रि गर्ने अन्तर्राष्ट्रिय अभ्याश नै हो, विश्वबजारमा हेर्दा कुल बीमा शुल्कको करिब ७६.७ प्रतिशत बीमा शुल्क अभिकर्ताको मध्यमबाट हुने गर्छ।

नेपालमा बिमा चेतनाको कमि तथा आर्थिक सुरक्षामा जनचेतना अभाबको कारण नेपाल बीमा ब्यबसाय अभिकर्तामा पूर्णत: निरभर रहेको छ, यस्तो अवस्थामा बीमा अभिकर्ताले बीमा ब्यबसायको साथ-साथै आम सर्बसाधारणलाई बिमाको चेतना छर्नु पर्नेमा व्यक्तिगत स्वार्थ तथा ब्यबसायमुखी मात्र हुने गरेको गुनासो बढेको छ। बीमा अभिकर्ताहरु बीमा गर्ने समयमा बिमितलाई विभिन्न प्रलोभनमा पार्ने, जथाभाबी रुपमा आफुलाई आउने कमिशनबाट छुट दिने तर बिमा गरेको अर्को वर्ष वा दोश्रो, तेश्रो प्रिमियम तिर्ने समयबाट बिमितको सम्पर्कमा नआउने गरेको कारण बीमाको सहि तरिकाले विस्तार तथा बिश्वाश बढ्न नसकेको देखिन्छ ।

बीमा अभिकर्ता:बीमा कम्पनीको तर्फबाट काम गर्ने अभिकर्ता हो, भने बिमित र बिमा कम्पनी बीचको मध्यस्तकर्ता हो तसर्थ बीमा अभिकर्ताले बीमा योजना बिक्रिमा मात्र सक्रिय भएर पुग्दैन, अभिकर्ताले बिमितलाई बिमा योजना बिक्रि गरे देखि बीमा अवधि चालु रहेसम्म बिमित र बिमा कम्पनी बीच मध्यस्तकर्ता बन्नु पर्छ।

अर्को तिर बीमा अभिकर्ताले आफ्नो प्रतिस्पर्धी कम्पनीहरुलाई बिना-कुनै तर्क नराम्रो तथा अश्लिल आरोप लगाउने तथा अर्को कम्पनीलाई भाग्न सक्ने तथा बिमितलाई तपाई ठगिनु भयो, तपाईलाई घाटा हुन्छ, त्यो कम्पनीले दाबी भुक्तानी दिदैन, बोनश दर कम हुने आदि इत्यादी भनेर बीमा क्षेत्रकै बदनाम हुने गरि कुतर्क गर्दा बीमा क्षेत्रको सहि ढंगले बिकाश हुन नसकेको बिमा ब्यबसाय सम्बद्ध जानकारहरु बतउछन।

एउटा नयाँ जिबन बीमा कम्पनीका उच्च अधिकृतका अनुसार अहिले पुराना बिमा कम्पनीहरुका अभिकर्ताले नयाँ जिबन बिमा कम्पनीका अभिकर्ताहरुलाई अनाबश्यक तरिकाले होचाउने, नयाँ बीमा कम्पनीहरुबाट जिबन बिमा गर्दा बिमितलाई घाटा हुने, नयाँ कम्पनीको बोनश दर कम हुने लगायतका आरोप लगाउने गरेको बताए, उनका अनुसार नेपालमा बिमा क्षेत्रमा अभिकर्ताको गलत ब्याख्याले बीमाको नकारात्मक बजारीकरण भैरहेको छ, जसको कारणले बीमा बजारको बिकाशले गति लिन गाह्रो छ।

बीमा अभिकर्ताले आफ्नो व्यक्तिगत स्वार्थ, छोटो समयको फाइदामात्र हेर्नुको सट्टा समग्र बीमा क्षेत्रको बिकाश, चेतना र परिणाममुखी शिक्षा दिनसके मात्र बीमा अभिकर्ताको बिश्वाश र इज्जत बढ्न सक्ने देखिन्छ, हाम्रै छिमेकि मुलुक भारत, पाकिस्थान लगायतका मुलुकमा बिमा अभिकर्तालाई उच्च सम्मान गरिन्छ भने विश्वबजारमा बिमा अभिकर्ताको काम सम्न्नानित १० काम/जागिर भित्र पर्छ, तसर्थ आफु जस्तै अर्को बीमा कम्पनीको अस्तित्व स्वीकार गर्न सक्नु पर्छ तब मात्र नेपालमा पनि बीमा अभिकर्ता पेशा अन्य बिकशित मुलुकमा जस्तै विश्वसनीय र मर्यादित बन्न सक्छ। नेपालमा पनि बिमा अभिकर्ताको कामलाई सम्मानित तथा विश्वसनीय बनाउन अभिकर्ता आफै जागरुक हुनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS