काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म कर्मचारीको तलबभत्तामा १ अर्ब ४३ करोड रुपैयाँ बढी खर्च गरेका छन्।
हालै सार्वजनिक गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमकले कर्मचारीको तलबभत्तामा १ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ खर्च गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८२।८३ को यही अवधिसम्म कम्पनीहरुले कर्मचारीको तलबभत्तामा १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ खर्च गरेका थिए। अघि वर्षको तुलनामा समीक्षा अवधिमा खर्च ८.२७ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सबैभन्दा धेरै खर्च गर्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ भने वृद्धिदरका हिसाबले ओरिएन्टल इन्स्योरेन्स अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १७ वटा कम्पनीको खर्च बढेको छ भने ३ वटाको घटेको छ।
चालु वर्षको असोजसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १७ करोड ४३ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो खर्च १६ करोड १० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च ८.२४ प्रतिशतले बढेको छ।
कर्मचारीको तलबभत्तामा दोस्रो धेरै खर्च गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ। यो कम्पनीले चालु वर्षको असोजसम्म वर्षमा १७ करोड १४ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यही अवधिम्म कम्पनीको यस्तो खर्च १४ करोड ८१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च १५.७८ प्रतिशतले बढेको छ।
तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ। अघिल्लो वर्ष असोजसम्म कर्मचारीको तलबभत्तामा १३ करोड ३३ लाख रुपैयाँ खर्च गरेको यो कम्पनी समीक्षा अवधिमा १५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खर्च १७.८५ प्रतिशतले घटेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कर्मचारी तलबभत्ताको खर्च घटाउनेमा युनाइटेड अजोड इन्स्योरेन्ससँगै राष्ट्रिय बीमा कम्पनी र नेसनल इन्स्योरेन्स छन्। निर्जीवन बीमा कम्पनीहरुमा ओरिएन्टल इन्स्योरेन्सको कर्मचारीको तलबभत्तामा जाने खर्च अघिल्लो वर्षको तुलनामा सर्वाधिक २१.१३ प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा अवधिसम्म कर्मचारीको तलबभत्तामा सबैभन्दा कम खर्च गर्नेमा नेसनल इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खर्च ७.१३ प्रतिशतले कम हो।
कसको खर्च कति ?












