IME Life New

नेप्सेमा १५ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब ५३ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १५ दशमलव ३९ अंकले बढेर २,६३८ को विन्दुमा कायम भएको छ । आज १६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५० कम्पनीको १ करोड ४६ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज क्यापिटलको २२ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ०५ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ३ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । सिटी होटलका लगानीकर्ताले ३ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS