IME Life New

सोल्टी होटलको ३६.८४% लाभांश घोषणा, बोनस र नगद कति ?, एजीएम पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटलले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

होटल सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुल ३६.८४ प्रतिशतले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र १६.८४ प्रतिशत नगद लाभांश (करसहित) छन्।

Esewa
Crest

यो लाभांश पारित गर्न होटलले आफ्नो ५२ औँ वार्षिक साधारणसभा (एजीएम) आउँदो पुस २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको टुँडिखेलास्थित आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र सभा प्रयोजनाका लागि होटलले पुस १ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो होटल लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS