काठमाडौं । १२ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१।८२ को वार्षिक साधारणसभा सम्पन्न गरेका छन्। सार्वजनिक विवरणअनुसार यी कम्पनीहरुको साधारणसभा २०८२ सालको पुस, माघ र फागुन महिनामा सञ्चालन भएका थिए।
विवरणअनुसार सबैभन्दा पहिले सिटिजन लाइफ इन्स्योरेन्सले २०८२ पुस १८ गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको थियो। त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सले पुस १९ गते सभा आयोजना गरेको थियो।
पुस २४ गते सानिमा रिलायन्स लाइफ र आइएमई लाइफ गरी दुई कम्पनीले सभा सम्पन्न गरेका थिए भने पुस २५ गते सन नेपाल लाइफले सभा गरेको थियो।
यस्तै पुस २९ गते प्रभु महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफको साधारणसभा सम्पन्न भएको थियो।
पुस ३० गते नेसनल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र सूर्य ज्योति लाइफले साधारणसभा सम्पन्न गरेका थिए। बाँकी दुई कम्पनीमध्ये हिमालयन लाइफले माघ २८ गते र एसियन लाइफले फागुन ११ गतेका दिन आ–आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेका थिए।












