काठमाडौं । मनकामना माताको कृपाले चितवन को इ समूह अन्तर्गतको मनकामना दर्शनद्वारा सञ्चालित नेपालको पहिलो केबलकार मनकामना केबलकार, मंसिर ८ गते, आफ्नो २८औँ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ ।
हालसम्म मनकामना केबलकारले २ करोड १२ लाख भन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिसकेको छ । यस समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठज्यूको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको छ ।
कम्पनीले सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयहरू तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति निरन्तर साथ र सहयोगका लागि हृदयदेखि नै कृतज्ञता व्यक्त गरेको छ ।
आगामी वर्षहरूमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने विश्वास दिलाएको छ ।











