काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २,६२१ को विन्दुमा कायम भएको छ । आज ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव १४ प्रतिशतका दरले कमाएका हुन् । भुगोल इनर्जीका लगानीकर्ताले ४ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । मनकामना इन्जिनियरिङका लगानीकर्ताले ३ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।












