काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मको बीमा कम्पनीहरुको अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
बीमा प्राधिकरणले १४ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले चालु आर्थिक वर्षको असोजसम्म बीमकहरुको चुक्तापुँजी, कुल बीमाशुल्क संकलन (व्यापार), दाबी भुक्तानी संख्या र दाबी भुक्तानी रकमको विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणले दुईवटा पुनर्बीमा कम्पनीको चुक्तापुँजी र इजाजतप्राप्त गरेको मिति सार्वजनिक गरेको छ।












