काठमाडौं । सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति सम्बन्धी प्रकृया स्थगन गर्न दिएको अन्तरिम आदेश रद्द गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र गोकर्ण डाँगीको संयुक्त इजलासले शुक्रबार मुद्दाको सुनुवाइका क्रममा यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो । न्यायाधीश टेक प्रसाद ढुंगानाको एकल इजलाशले भदाै ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।
हिमालयन लाइफका तत्कालीन सिइओ कपिल कुमार दाहालले पद बहाली गर्न र नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रकृया रोक्का गर्न माग गर्दै भदाै ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। हिमालयन लाइफको लगानी रहेको हिमालयन इन्भेष्टमेण्ट बैंकरको सञ्चालक समिति अध्यक्षको हैसियतमा फाैजदारी अभियोगसँगै थुना परेपछि जेठ २८ गतेदेखि निलम्बनमा परेकोमा उनी साउन २२ गते थुनामुक्त भएका थिए । दाहालले हिमालयन इन्भेष्टमेण्ट बैंकरमार्फत् हिमालयन लाइफको लगानी दुरूपयोग गरेको अभियोग छ।
हिमालयन लाइफ इन्स्योरेन्समा हाल कवि फुयाँल कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका छन् ।











