काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १२ दशमलव ७९ अंकले घटेर २,६३६ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३५३ कम्पनीको १ करोड १२ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८९ को कारोबार भएको छ । आज यसको २८ करोड ९१ लाख रुपैयााको इकाई कारोबार भएको छ । घलेम्दी हाइड्रोको २० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १९ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ११ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभनदा धेरै एभरेष्ट कलरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।











