काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ ।
५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा २१ लाख ८४ हजार रुपैयाँ रहेको छ । महाविपत्ती जगेडामा २ लाख १८ हजार रहेको छ । रिडेन्ड अर्निङमा १३ लाख ६६ हजार रहेको छ । अन्य इक्विटीमा २ करोड ८३ लाख १३ हजार रहेको छ ।
अघिल्लो वर्ष असार मसान्तसम्म स्पेशल रिर्जभमा ५० लाख ४६ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख ४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा २७ लाख ९० हजार रुपैयाँ रहेको थियो।
यस अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेको छ । अघिललो वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क बढेको हो ।
यस अवधिमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ५४ प्रतिशतले बढी हो ।
यस अवधिमा कम्पनीले ११ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १६ लाख ४१ हजार नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा बढेको हो ।











