IME Life New

एनएमबि बैंकको वार्षिक साधारणसभा आह्वान, कहिलेसम्म कायम शेयरधनीले पाउनेछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ।

Esewa
Crest

बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट साधारण शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १९ अर्ब २८ करोड ५० लाख ४१ हजार २५७.२० रुपैयाँ कुल ७ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यसैगरी बैंकले अग्राधिकार शेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय पनि गरेको छ।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ बैंकले आउँदो मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मंसिर ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS