काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६ करोड रुपैयाँको कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १३ प्रतिशतले हुन आउने ९ करोड ८८ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतले हुन आउने ५२ लाख रुपैयाँबराबरको नगद लाभांश छन्।
यो लाभांश विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।












