काठमाडौं । युनिलिभर नेपालले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश घोषणा गरेको हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको प्रतिकित्ता १ हजार ५४० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
लाभांश वितरणार्थ कम्पनीले आउँदो मंसिर ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।












