IME Life New

सगरमाथा इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड- ‘स्पेसल रिकगनाइजेशन फर प्रडक्ट इनोभेशन इन जेनरल इन्स्योरेन्स’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सगरमाथा इन्स्योरेन्सले ‘स्पेसल रिकगनाइजेशन फर प्रडक्ट इनोभेशन इन जेनरल इन्स्योरेन्स’ नामक अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१८’ अन्तर्गतको उक्त अवार्ड पाएको हो ।

इन्स्योरेन्सले दुई वर्षअघि शुरु गरेको ‘भिआइपी अन द स्पट’ सेवा सफल कार्यान्वयन भएकोमा कम्पनीलाई उक्त अवार्ड दिइएकाे हो । कम्पनीले आफ्ना ग्राहकलाई हप्ताको सातैदिन २४ सै घण्टा उक्त सेवा पुर्याइरहेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी श्रीलङ्काको ‘सिलिन्को इन्स्योरेन्स कम्पनी’ को ज्वाइन्ट भेन्चरको रुपमा रहेको छ। सगरमाथामा सिलिन्कोको २० प्रतिशत शेयर स्वामित्व छ।

Esewa
Crest

सगरमाथा इन्स्याेरेन्स कम्पनीमा बीमा गरिएका सवारी दुर्घटनामा परेकाे अवस्थामा घट्नास्थलमा नै क्षति मूल्याङ्कन गरी बीमा भुक्तानी गरिने गरेकाे कम्पनीले जनाएकाे छ ।

हालै थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक श्रवण रावलले उक्त अवार्ड ग्रहण गरेकाे कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS