IME Life New

हिमालय नेपाल कृषि कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालय नेपाल कृषि कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न भएको छ । सभाले कम्पनीको वार्षिक प्रतिवेदनमा छलफल गरि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित समेत गरेको छ । यस्तै वार्षिक वित्तीय विवरण पारित, लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/०८३ को वासालत, नाफा/नोक्सान हिवास, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूची सहितका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित समेत गरेको छ ।

साथै सभाले लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारणसमेत गरेको छ ।

Esewa
Crest

कम्पनीको काठमाडौंमा आयोजित प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रबन्ध सञ्चालक डोलिंद्र प्रसाद शर्माले आर्थिक वर्ष २०८२/८३ को समीक्षा तथा २०८३/८४ को प्रस्तावित नीति तथा कार्यक्रममा कम्पनीको उत्पादनदेखि विश्वबजारसम्म भन्ने नारा सहित विशेष रणनीति तथा व्यवस्थापन प्रतिज्ञा पत्र प्रस्तुत गरेका हुन् ।

कम्पनीको हालसम्मको कार्यप्रगति, वित्तीय अवस्था, विद्यमान चुनौती, आगामी कार्ययोजना तथा दीर्घकालीन रणनीति प्रस्तुत गर्दै उनले नेपालको कृषि क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि परम्परागत उत्पादन प्रणाली, आधुनिक प्रविधिको सीमित प्रयोग, उत्पादन र बजारबीचको कमजोर सम्बन्ध, प्रशोधन तथा मूल्य अभिवृद्धिको अपर्याप्तता र कृषि उपज सामग्रीमा रहेकोले अपेक्षित उपलब्धि हासिल गर्न चुनौती रहेको बताए ।

यसलाई अवसरमा रूपान्तरण गर्दै नेपाली कृषिलाई आधुनिक, वैज्ञानिक, प्रविधिमैत्री, वातावरणमैत्री तथा व्यावसायिक बनाउने, स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषि उपजको प्रशोधन, बजारीकरण र निर्यातलाई प्रवद्र्धन गर्ने तथा कृषकको आम्दानी र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउँदै आयात निर्भरता क्रमशः घटाउने दीर्घकालीन सोचका साथ कम्पनीको स्थापना गरिएको प्रबन्ध सञ्चालक शर्माले बताए ।

उनले प्रस्तुत गरेको प्रतिज्ञा पत्रमा विगतका गतिविधि र वित्तीय विवरणको औपचारिक प्रस्तुति मात्र नभई, कम्पनी स्थापना गर्नुको औचित्य, हालसम्म हासिल भएका उपलब्धि, सामना गरिरहेका चुनौती र आगामी दिनमा कम्पनीलाई कुन दिशा तथा रणनीतिका साथ अघि बढाउने भन्ने विषयको स्पष्ट खाकासमेत प्रष्ट्याइएको छ ।

कम्पनीले कुनै एक व्यक्ति वा समूहको व्यक्तिगत व्यावसायिक स्वार्थमा सीमित संस्था नभएको स्पष्ट पार्दै कृषकको समृद्धि, लगानीकर्ताको विश्वास, उपभोक्ताको हित, रोजगारी सिर्जना र नेपालको कृषि अर्थतन्त्रलाई उत्पादनमुखी तथा प्रतिस्पर्धी बनाउने साझा अभियान भएको उनले बताए ।

उनले भने, ‘हाम्रो उद्देश्य केवल कृषि उत्पादन गर्ने वा कृषि वस्तु किनबेच गर्ने कम्पनी बन्नु मात्र होइन । हामी उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण, कृषि सामग्रीको आयात, स्वदेशी उत्पादनको निर्यात, कृषि जग्गाको उपयोग, पानी प्रशोधन, जैविक मल उत्पादन र कृषि उद्यमहरूको संस्थागत एकीकरणसम्मका सम्भावनालाई एउटै व्यावसायिक प्रणालीमा जोड्न चाहन्छौँ । हामी यस्तो संस्था निर्माण गर्न चाहन्छौँ, जसको पहिचान विज्ञापन वा घोषणाबाट मात्र होइन, वास्तविक उत्पादन, वित्तीय तथ्याङ्क, कार्यसम्पादन, पारदर्शिता र परिणामबाट स्थापित होस् । भाषण त सबैले गर्छन् तर म वास्तविक परिणमा निकाल्ने गरि काम गर्दछु यो मेरो प्रण भयो । ’

कृषि परियोजनाको विकास बेनी नगरपालिका–४, सिंगास्थित कृषि परियोजनालाई कम्पनीको महत्वपूर्ण सञ्चालन आधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गरी विभिन्न आम्दानीका स्रोत निर्माण गने योजना रहेको बताउन्दै परियोजनामा उत्पादन क्षमता, बिक्री, सञ्चालन लागत, बजार, जैविक सुरक्षा, कर्मचारीको कार्यक्षमता र नगद प्रवाहको नियमित समीक्षा गरी व्यावसायिक सञ्चालनलाई थप प्रभावकारी बनाइने बताए ।

उनले कम्पनीको सफलता प्रतिबद्धताका शब्दबाट होइन, कार्यान्वयनका परिणामबाट मापन हुनुपर्ने स्पष्ट सङ्कल्प भएको बताउँदै उनले भने, ‘कथ्य होइन, तथ्यस आश्वासन होइन, उपलब्धिस र मौखिक दाबी होइन, प्रमाणमा आधारित दृश्यात्मक प्रगति । यही सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्दै कम्पनीको आर्थिक समृद्धि, संस्थागत विश्वसनीयता र सामाजिक मान–मर्यादा अभिवृद्धि गर्न हामी प्रतिबद्ध छौँ ।’

कम्पनीको वित्तीय विवरण निम्नानुसार रहेको छः वित्तीय शीर्षक उल्लेखित रकम गैरचालु सम्पत्ति रु ४,८६,१९,४७०।३६ चालु सम्पत्ति रु ५,३१,४९,६७३।१३ कुल सम्पत्ति रु। १०,१७,६९,१४३.९७ शेयर पुँजी रु। ३,७०,५०,०००।०० अग्रिम शेयर पुँजी रु ५,७९,८४,७५०।०० सञ्चित कोष तथा जगेडा रु। ७,३७,६८३.१३ रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ को प्रमुख लक्ष्य रु. १८ करोडको बिक्री कारोबार आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीको प्रस्तावित बिक्री कारोबार लक्ष्य रु. १८ करोड रहेको छ । व्यवस्थापनको लक्ष्य सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्य कम्पनीको रहेको छ । सर्बसाधारणको लागि प्राथमिक निष्कासनलाई तत्काल प्राप्त हुने उपलब्धि वा निश्चित मितिको वाचा नभई कम्पनीको वित्तीय अवस्था, लेखापरीक्षण, संस्थागत सुशासन र नियामकीय योग्यताका आधारमा अघि बढाइने दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा लिइएको छ ।

यस कम्पनीमा लगानी गर्दा कसैले आत्तीनु पर्दैन । ढुक्क भई लगानी गर्दा हुन्छ । यसले एक दिन नसोचेको प्रतिफल दिनेछ । कम्पनीमा नजोडिएकाहरुलाई पश्चाताप हुने दिन आउने छ । त्यसकारण नेपालको अग्रणी कम्पनी बनाउनका लागि शेयरधनी, लगानीकर्ता, कर्मचारी र कृषक सबैको मिहिनेटबाट यो फल प्राप्त हुनेमा म विश्वस्त छु । मलाइ केवल आवश्यक छ तपाईको विश्वास । यो भएमा म परिणाम निकाल्ने छु । प्रबन्ध सञ्चालक शर्माको प्रतिवद्धता छ ।

यस्तै सभामा कम्पनीकी अध्यक्ष प्रा. डा.चण्डिका पण्डितले एकीकृत व्यावसायिक मोडेलको उद्देश्यसहित निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणलीमा रूपान्तरण गर्नु नै कम्पनीको मुख्य उदेश्य भएको बताइन् ।

सभाले कम्पनीको वार्षिक प्रतिवेदनमा छलफल गरि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारितसमेत गरेको छ । यस्तै कम्पनीको वार्षिक वित्तीय विवरण पारित, लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/०८३ को वासालत, नाफारनोक्सान हिवास, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूची सहितका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS