काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार दुईवटा अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलबाट दुईवटा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन्।












