IME Life New

अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाडपर्वका बेला अनलाइन ठगीबाट सतर्क रहन एड्भाइजरी जारी गरेको छ।

बैंकले आज एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो। राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले बंैकिङ कारोबार विश्लेषणका क्रममा अनलाइन ठगीका घटनाहरुमा वृद्घि भएको पाएको छ। नेपालीहरुको महान चाड दसैँ, तिहार, नेपाल संवत् तथा छठजस्ता उत्सवहरुको समयमा अनलाइन अकाउन्ट सिर्जना, डिजिटल बैंकिङ, ई–कमर्स र डिजिटल भुक्तानीको प्रयोग व्यापक रुपमा बढ्ने हुँदा यसै मौकाको फाइदा उठाई आपराधिक मानसिकता भएका व्यक्ति तथा समूहहरुले सर्वसाधारण र वित्तीय प्रणालीलाई लक्षित गरी विभिन्न प्रकारका डिजिटल तथा वित्तीय ठगी गर्ने जोखिम उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

यो एड्भाइजरीको मुख्य उद्देश्य आमउपभोक्ता, बैंक तथा वित्तीय संस्था र अनलाइन सेवा प्रदायकहरुलाई सम्भावित जोखिमहरु पहिचान गर्न र त्यस्ता ठगीबाट बच्नका लागि मार्गदर्शन प्रदान गर्नु रहेको राष्ट्र बंकको भनाइ छ।

चाडपर्वमा देखिन सक्ने प्रमुख अनलाइन ठगीका प्रकार

नक्कली चाडपर्व अफर र चिट्ठा

‘दसैँ धमाका’, ‘तिहार–छठ बम्पर उपहार’ वा ‘तपाइँले आकर्षक उपहार जित्नुभयो’ भन्दै सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर, मेसेन्जर आदिमा नक्कली लिंकहरु पठाउने र सेवाशुल्क वा करको नाममा अग्रिम रकम माग गर्ने।

फिसिङ र बैंकिङ ठगी

बैंक वा डिजिटल वालेटको नक्कली वेबसाइट÷वेबपेज बनाएर ग्राहकलाई केवाईसी अपडेट नगरे अकाउन्ट ब्लक हुने डर देखाई पासवर्ड, ओटीपी र व्यक्तिगत विवरणहरु चोरी गरी बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट रकम ठगी गर्ने।

नक्कली अनलाइन सपिङ पेज

समाजिक सञ्जालमा ब्रान्डेड सामानहरुको तस्बिर राखी भारी छुटको विज्ञापन गर्ने र अग्रिम भुक्तानी माग गर्ने। अग्रिम भुक्तानी पश्चात सामान नपठाई ग्राहकलाई ब्लक गरी ठगी गर्ने।

नक्कली पहिचान र कागजपत्रको दुरुपयोग

सामाजिक सञ्जालहरुमा अरु कसैको नागरिकता, फोटो वा कीर्ते गरिएका कागजपत्रहरु राखी नक्कली खाता (जस्तै नक्कली फेसबुक अकाउन्ट) खोलेर आपराधिक गतिविधि सञ्चालन गर्ने।

आमनागरिक तथा उपभोक्ताका लागि सुरक्षित रहने उपायहरु

ओटीपी र पासवर्ड गोप्य राख्नुहोस्ः आफ्नो मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड, वा वालेटको पिन कसैलाई पनि सेयर नगर्नुहोस्।

नक्कली लिंकहरु क्लिक नगर्नुहोस्ः सामाजिक सञ्जालमा आउने ‘फ्री रिचार्ज’, ‘चिट्ठा पर्यो’ वा ‘नक्कली उपहार’ दाबी गरिएका शंकास्पद लिंकहरु खोल्दै नखोल्नुहोस्।

अग्रिम भुक्तानी गर्दा सचेत रहनुहोस्ः अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइटहरुमात्र प्रयोग गर्नुहोस्। सामाजिक सञ्जालका नयाँ वा अपरिचित पेजहरुबाट सामान किन्दा सकेसम्म ‘पे अन डेलिभरी’ को विकल्प रोज्नुहोस्।

यूआरएलको आधिकारिकता जाँच गर्नुहोस्ः डिजिटल भुक्तानी गर्नुअघि सम्बन्धित वेबसाइटको वेब ठेगाना सही छ कि छैन सुनिश्चित गर्नुहोस्।

बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकहरुका लागि सुझाव

सशक्त ग्राहक पहिचानः डिजिटल माध्यमबाट खाता खोल्दा पेस गरिएका परिचयको विवरण गर्नुहोस्।

शंकास्पद ठेगाना र विवरणको निगरानीः एउटै ठेगाना वा एउटै मोबाइल नम्बर प्रयोग गरेर फरक–फरक नाममा धेरै खाताहरु खोलिएका छन् भने त्यस्ता खातामा हुने कारोबारलाई लामो सार्वजनिक बिदाको समयमा निरन्तर अनुगमन र निगरानी हुनेगरी ‘रेड फ्ल्याग’ दिने संयन्त्र सुचारु राख्ने।

प्रविधिको प्रयोगः ठूलो मात्रामा हुने शंकास्पद कारोबार, अस्वाभाविक नगद स्थानान्तरण वा छोटो समयमा धेरै खातामा पैसा पठाउने प्रवृत्ति पत्ता लगाउन निगरानी प्रणाली चुस्त राख्नुहोस्।

कर्मचारी तथा ग्राहक सचेतनाः चाडपर्व सुरु हुनु अगावै आफ्ना फ्रन्टलाइन कर्मचारीहरुलाई सम्भावित ठगीका ढाँचाहरु पहिचान गर्ने तालिम दिनुहोस् र सामाजिक सञ्जाल एवं एसएमएसमार्फत ग्राहकलाई सचेत गराउनुहोस्।

ठगी वा शंकास्पद गतिविधि भएमा कहाँ सम्पर्क गर्ने ?

यदि तपाइँ कुनै पनि प्रकारको अनलाइन ठगीमा पर्नुभएको छ वा तपाइँको परिचय दुरुपयोग भएको शंका लागेमा ढिला नगरी तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा डिजिटल वालेट प्रदायकको ग्राहक सेवा केन्द्र (आफ्नो खाता वा वालेट तत्काल ब्लक गर्नका लागि), नेपाल प्रहरी साइबर ब्युरो, नजिकैको जिल्ला प्रहरी परिसर वा प्रहरी कार्यालयमा जानकारी गराउनुहोस्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS