IME Life New

हङकङः बीमाको प्रिमियमबारे गलत जानकारी प्रदान गर्ने ६ बीमा मध्यस्थकर्तामाथि कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङको बीमा प्राधिकरणले ६ बीमा मध्यस्थकर्तामाथि अनुशासनात्मक कारबाही गरेको छ।

ती मध्यस्थकर्ताले बीमा कम्पनीहरुको आन्तरिक नियन्त्रण उल्लंघन गरेको र ग्राहकलाई प्रिमियम भुक्तानीका लागि बैंक ड्राफ्टका बारेमा गलत जानकारी प्रदान गर्न मद्दत गरेको प्राधिकरणको भनाइ छ। यो भुक्तानी लगभग ९ लाख ३० हजार डलरबराबरको रहेको छ।

Esewa
Crest

कारबाहीमा पर्नेमा लाम नाम, लाङ चिट, लियाङ शुक्सियान, एनजी ची वाह, येउङ चुङ चक र झाङ जिन्दन छन्। उनीहरुलाई बीमा मध्यस्थकर्ताका रुपमा काम गर्नबाट रोक लगाइएको छ। उनीहरुको इजाजतपत्र ६ देखि १३ महिनाको अवधिका लागि निलम्बन गरिएको छ।

प्राधिकरणका अनुसार उनीहरुले ग्राहकलाई झुटो दाबी गर्न मद्दत गरेका थिए। त्यसका लागि उनीहरुले बीमा प्रिमियम तिर्न बैंक ड्राफ्टहरु खरिद गरेका थिए। जब कि वास्तवमा उनीहरुले वास्तवमा ग्राहकका तर्फबाट ती कारोबार गरेका थिए।

प्राधिकरणका प्रवर्तन प्रमुख मारिया सुईले भनिन्, ‘सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषण (एमएल÷एफटी) रोक्न बलियो आन्तरिक नियन्त्रण आवश्यक छन्। इजाजतपत्र प्राप्त मध्यस्थकर्ताहरुले नियामक नियमहरु कडाइका साथ पालना गर्नुपर्छ।’

सुईले मध्यस्थकर्ताहरुलाई हालका नियमहरुका बारेमा जानकारी राख्न निर्देशन पनि दिइन्। सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तपोषणसँग सम्बन्धित अपराधहरुमा ठूलो सजाय हुन सक्ने उनले चेतावनी पनि दिइन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS