IME Life New

चाडपर्वलाई लक्षित गरी बढाइयो वालेटमा रकम जम्मा गर्न सकिने सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो। अब दसैँ, तिहार र छठका बेला प्राकृतिक व्यक्तिको हकमा एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ।

Esewa
Crest

यो सुविधा असोज ३१ गतेदेखि कात्तिक ८ गतेससम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ।

यसअघि एक दिनमा प्राकृतिक व्यक्तिको वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो।

राष्ट्र बैंकले चाडपर्वका बेला नगद कारोबारभन्दा पनि डिजिटल कारोबारलाई जोड दिएको छ। दसैँ, तिहार र छठका बेला दक्षिणा दिँदा डिजिटल माध्यमको प्रयोग पनि हालै राष्ट्र बैंकले आग्रह गरेको थियो।

वालेटमा रकम जम्मा गर्ने सीमा बढेसँगै राष्ट्र बैंकको यो नीतिले सार्थकता पाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS