काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ५ वटा कम्पनीको आइपीओ थपिएको छ।
धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्दै होटल सिराइचुली, सहास इन्जिनियरिङ हाइड्रोपावर, पिस इनर्जी कम्पनी, युनिटेक हाइड्रोपावर कम्पनी र मुनलाइट हाइड्रोपावर कम्पनीले निवेदन दिएका हुन्। धितोपत्र बोर्डले अनुमति दिएपछि यी कम्पनीले आइपीओ जारी गर्नेछन्।
कसको कति कित्ता ?
होटल सिराइचुलीले कुल १५ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन लागेको छ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेमा यो होटलले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता आइपीओ जारी गर्नेछ।
होटल सिराइचुलीले कुल १५ करोड रुपैयाँबराबरको आइपीओ ल्याउन लागेको छ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेमा यो होटलले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता आइपीओ जारी गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
यसैगरी सहास इन्जिनियरिङ हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमी एस क्यापिटल रहेको छ।
पिस इनर्जी कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३२ लाख कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल रहेको छ।
त्यस्तै युनिटेक हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७० हजार कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
मुनलाइट हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल ९२ लाख ४१ हजार ४२६ कित्ता आइपीओ ल्याउन अनुमति मागेको छ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।












