IME Life New

हालसम्म २५ वटा म्युचुअल फन्डले घोषणा गरे प्रतिफल, कुनका इकाईधनीले कति पाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को लागि हालसम्म २५ वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन् । यी फन्डहरुले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

आरबीबी म्युचुअल फन्ड १ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कुल २ दशमलव ७५ प्रतिशत नगद वितरण गरेको छ ।

Esewa
Crest

आरबीबी म्युचुअल फन्ड २ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सिटिजन्स सुपर ३० म्युचुअल फन्डः यस फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई कुल ५ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ः यस फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई कुल १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएको छ ।

नबिल ब्यालेन्स फन्ड ३ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

नबिल ब्यालेन्स फन्ड २ः यस फन्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई कुल ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

हिमालयन ८० २०ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको संचिती मुनाफाबाट कुल १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

मुक्तिनाथ म्युचुअल फन्ड १ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कुल २ दशमलव २ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

प्रभु सेलेक्ट फन्डः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट कुल १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रभु स्मार्ट फन्डः यस फन्डफले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट कुल १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएको छ ।

सनराइज फोकस्ड इक्विटी फन्डः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कुल ४ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

सानिमा ग्रोथ फन्डः यस फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई कुल ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल १० प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कुल ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि हाइब्रिट फन्ड एल २ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वषृको नाफाबाट कुल १० प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि ५०ः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कुल ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

रिलायबल समृद्धि योजनाः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल ८ दशमलव ४२११ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।

कुमारी इक्विटी फन्डः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि सरल बचत फन्ड ईः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल ५ दशमलव २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।

कुमारी सुनौलो लगानी योजनाः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल ४ दशमलव ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।

कुमारी सबल योजनाः यस फन्डले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरुलाई कुल २ दशमलव ९ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।

कुमारी धनवृद्धि योजनाः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत वर्षको मुनाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

एमबिएल इक्विटी फन्डः यस फन्डले आफ्ना इकाईधनीहरुलाई कुल ८ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ ।

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमः यस फन्डले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट कुल ३ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएको छ ।

प्रतिफल वितरण गरेका २५ वटा म्युचुअल फन्ड सबैले बुक क्लोज गरि, कतिपय फन्डहरुले भने प्रतिफल वितरण गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS