IME Life New

स्वास्थ्य बीमाः नियमित औषधि सेवन गरिरहेका बीमितलाई एकैपटक ३ महिनाका लागि औषधि दिन निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले नियमित औषधि सेवन गरिरहेका बीमितलाई एकैपटक ३ महिनाका लागि पुग्ने औषधि दिन निर्देशन दिएको छ।

बीमा बोर्डले स्वास्थ्य सेवा प्रदायक संस्थाका नाममा परिपत्र जारी गर्दै स्वास्थ्य बीमा सेवा प्रभावकारी बनाउनका लागि यस्तो निर्देशन दिएको हो। ‘२०८० कात्तिक २७ गते बसेको स्वास्थ्य बीमा बोर्डको बोर्ड बैठकबाट नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई औषधि ३–३ महिनाका लागि उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको थियो’, परिपत्र भनिएको छ। सोही व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न बोर्ड निर्देशन दिएको छ।

Esewa
Crest

यसैगरी स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ९ बमोजिम स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले बीमितलाई रोगको लक्षण, अवस्था तथा चिकित्सकीय आवश्यकतासँग मेल नखाने अनावश्यक परीक्षण भिटामिन डी, भिटामिन बी१२, टीएफटीजस्ता गर्न लगाएको पाइएमा त्यस्ता परीक्षणको दाबी अस्वीकृत गरिने पनि बीमा बोर्डले स्पष्ट पारेको छ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बीमित नागरिकलाई सेवा प्रदान गर्दा कोटा प्रणालीको व्यवस्था गरी सेवा प्रवाहमा अनावश्यक ढिलाइ गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने तथा स्वास्थ्य सेवा प्राप्त गर्न असहज हुने अवस्था सिर्जना नगर्न पनि बोर्डले निर्देशन दिएको छ।

स्वास्थ्य बीमाको सुविधा थैलीमा समावेश भएका औषधि, औषधिजन्य सामग्री तथा सेवा बीमितलाई नगदमा खरिद गर्न लगाउने कार्य नगर्न पनि परिपत्रमार्फत निर्देशन दिइएको छ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पेस गरिने दाबीहरु सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाको आन्तरिक दाबी पुनरावलोकन समितिबाट अनिवार्य आवश्यक कागजात, उपचार विवरण, परीक्षणको औचित्य तथा प्रचलित सुविधा थैलीबमोजिमको सेवा सुनिश्चित गरी रुजु तथा प्रमाणित गरेपछि मात्र बीमा बोर्डमा दाबी पेस गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

यी कार्य प्रचलित कानुन, नियम तथा स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौताविपरीत भएको पाइएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ तथा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ बमोजिम कारबाही हुने पनि परिपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS