काठमाडौं । आज नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर २,६२१ को विन्दुमा कायम भएको छ । आज १८८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८० कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १३ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंक डिबेञ्चरका इकाईधनीले ८ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ४ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।













