काठमाडौं । लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमेद भट्टराई नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।
भट्टराईको नियुक्ति आउँदो कात्तिक १५ गतेदेखि लागू हुने बैंकले जनाएको छ।












