काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको कुल ११.०५२६ प्रतिशतले हुन आउने १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। संस्थाले बोनस शेयर भने वितरण नगर्ने निर्णय गरेको छ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।












