काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुन सक्ने आर्थिक ठगी पहिचान गरी जानकारी गराउन निर्देशन दिएको छ।
केन्द्रीय बैंकले एउटा परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देशन दिएको हो। विजया दशमी, दीपावली तथा छठ पर्वको समयमा सार्वजनिक बिदाको अवधि लक्षित गरी हुन सक्ने साइबर फ्रड तथा स्क्यामको जोखिमलाई ध्यानमा राखेर राष्ट्र बैंकले विद्युतीय माध्यम सम्बद्ध आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
शंकास्पद खाता तथा कारोबार पहिचान गरी तत्काल रोक्का गरी अनुसन्धान प्रक्रियालाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले जिम्मेवार सम्पर्क व्यक्ति तोक्ने र निजको नाम, पद तथा मोबाइल नम्बर र २४÷७ अनुगमन हुने ड्युटी ई–मेल ठेगाना विवरण नेपाल प्रहरी प्रधान कार्यालयको ई–मेल ठेगाना [email protected] मा उपलब्ध गराउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।












