IME Life New

बाढीग्रस्त क्षेत्रका ऋणीलाई राहत, साँवा र ब्याज भुक्तानीको समयावधि थपियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीग्रस्त क्षेत्रका व्यवसायी तथा ऋणीलाई राहत दिने ऋणको साँवा र ब्याज भुक्तानीको समयावधि थप गरेको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एउटा परिपत्र जारी गर्दै बाढीग्रस्त क्षेत्रका व्यवसायी तथा ऋणीको साँवा र ब्याज भुक्तानीको समयावधि थप गर्न निर्देशन दिएको छ। अब त्यस्ता ऋणीले असोज मसान्तमा तिर्नुपर्ने ऋणको साँवा र ब्याज आउँदो पुस मसान्तसम्म तिर्न सक्नेछन्।

Esewa
Crest

भोटेकोशी तथा बूढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्धतयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकमलगायत ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी ऋणको किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीले यो सुविधा पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS