काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव १२ अंकले बढेर २,५९९ को विन्दुमा कायम भएको छ । आज १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सगरमाथा जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १२ दशमलव ४४ प्रतिशतका दरले कमाएका हुन् । नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाईधनीले ४ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ग्रोथ फन्ड २ का इकाईधनीले ४ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।













