IME Life New

माउन्टेन इनर्जीको लाभांश घोषणा, बुक क्लोजको मिति पनि तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २० गते १३ औँ वार्षिक साधारणसभा डाकेको छ। सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र साधारणसभा प्रयोजनार्थ कम्पनीले कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS