IME Life New

अब सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय धाउनु नपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने भएको छ।

नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ।

Esewa
Crest

संशोधित व्यवस्थाका मुख्य बुँदा
डिलरबाट गरिएको जाँचलाई मान्यताः डिलरबाट गरिएको सवारीसाधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।

वारेसनामामार्फत दर्ता तथा नामसारीः सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछ।

बीमा तथा नवीकरणमा सहजताः सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारीधनी स्वयं उपस्थित हुनुपर्ने छैन।

बायोमेट्रिकका लागि प्राविधिक पहुँचः सवारीसाधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी बिक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ।

उल्लेखित संशोधनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा पूर्वाधार विकास मन्त्रालयले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS