IME Life New

सिटिजन्स बैंकद्वारा ३०० विद्यार्थीलाई न्यानो स्वेटर प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेश अन्तर्गत जुम्ला शाखाबाट पातारासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्वेटर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।

विद्यालयमा आयोजित एक समारोहकाबीच यस बैंकको जुम्ला शाखामार्फत सहयोग स्वरुप स्विटरहरु हस्तान्तरण गरेको छ । ग्रामिण भेगका विपन्न पृष्ठभूमीका विद्यार्थीहरूलाई जाडाको समयमा विद्यालय जान सहयोग पुग्ने उद्देश्यले न्यानो स्वेटर वितरण गरिएको हो ।

Esewa
Crest

यस पहलबाट ग्रामिण भेगका विद्यालयको शैक्षिक कार्यक्रममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS