IME Life New

कामना सेवा विकास बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस सेयरको साथमा नगद लाभांश पनि पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: कामना सेवा विकास बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले ५.५० प्रतिशत बोनस र ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । पछिल्लो पटक बैंकले आक्रामक बजार विस्तार गर्दै आफुलाई प्रतिष्ठित तथा प्रतिस्पर्धी राष्ट्रियस्तरको बिकाश बैंकको रुपमा देखाउदै आएको छ।

हाल कामना सेवा विकास बैंकको चुक्ता पूँजी २ अर्ब ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकले यहि पूँजीको ५.५ प्रतिशतले हुन आउने १३ करोड चार लाख ७० हजार १९२ रुपैयाँको बोनस तथा ६.५० प्रतिशतले हुन आउने १५ करोड ४१ लाख ९२ हजार ४६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

बोनसपछि बैंकको चुक्ता पूँजी दुई अर्ब ५० करोड २६ लाख ५५ हजार रुपैयाँ पुग्नेछ । चालू आवको तेश्रो त्रैमासमा बैंकले २२ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७५ पैसा कायम गरेको छ ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ । कम्पनीको आजको बजारमूल्य रु. १५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS