काठमाडौं । आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ अंकले बढेर २,५९५ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले १३ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ४ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् ।













