IME Life New

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ४६ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४ अंकले बढेर २,५९५ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५४ कम्पनीको १ करोड २७ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहश ऊर्जाको १९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस संस्थाका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । स्नो रिभर्सका लगानीकर्ताले १३ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले ४ दशमलव ७५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिज लाइन इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ दशमलव २९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS